About Us

सिरहा उद्योग वाणिज्य संघ सिरहा सदरमुकाम मा नै यस संघको कार्यालय छ । स्थापनाः२०६७ साल मा भएको छ । स्थापना को कार्यसमितिले मनोनयन चयन गरी जम्मा १७ जना सदस्य कार्यसमितिमा रहेको छ,अहिले सम्म पनि १७ जना को कार्यसमिति रहेको छ।

 

उदेश्य

(क)  ब्यापार र उद्यँेगको हरेक क्षेत्रमा पाउनु  पर्ने सुविधा प्राप्त गराउने तथा ब्यवसायी उद्योगीहरुको अधिकारलाई सुरक्षित र सम्बद्र्धन गर्ने । 

 ख)   दैवी प्रकोप वा अन्य दुर्घटनावाट पिडित जनताको हितको लागि नगदी जिन्सि चन्दा , दान आदि  उपलब्ध गर्ने ,वितरण गर्ने र स्वयं सेवकहरु द्धारा सेवा र सहयोग पुर्याउने । 
 
 (ग)  क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय, र अन्य स्तरको उद्योग ब्यापारसंग सम्बन्धित सम्मेलन , कन्भेसन , मिटिङ्ग, सेमिनार , प्रदर्शनी र सो सम्बन्धि त्रियाकलापहरुमा प्रतिनिधी पठाई भाग लिई सहयोग गर्ने वा अन्य तरिकाले प्रतिनिधित्व गरी सम्बन्धित क्षेत्रको ब्यापार उद्योग गर्ने  ब्यापारी तथा उद्योगपतिहरुको हितको संरक्षण गर्ने । 


(घ)  कार्य समितिको कुनै पनि  सदस्यले संघबाट पारिश्रमिक वा मौद्रिक फाईदा हुने कुनै भुक्तानी पाउन सक्ने छैन तर संघको लागि भएको खर्च,लगानीको उचित ब्याज,घर जग्गाको बहालहरु प्राप्त गर्न सक्ने छ । 

(ङ)  संघको उद्देश्यपूर्ति र सदस्यहरुको हितलाई ध्यानमा राखि बिधानमा संशोधन  लगायत कुनै पनि  आवश्यक काम  कार्यवाही गर्ने गराउने । 
  
 

उद्देश्य प्राप्त गर्ने गरिने कामहरु

(क)  यस संघले उपरोक्त अनुसारको उद्देश्य प्राप्त गर्ने देहायका कामहरु गर्ने छ ।

(ख) संघले प्रचलित कानून बमोजिम सबन्धित निकायवाट अनुमति वा ईजाजत प्राप्त गरि मात्र उरोक्त उद्देश्य कार्यान्यन गर्नेछ । 

(ग) संघलाई आवश्यक पर्ने कर्मचारी नियुक्ती तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ ।